हाम्रो मिशन

परिचय

नेपालको संविधानले परिकल्पना गरेको सङ्घीयता को मर्म अनुरूप बागमती प्रदेश स्थापना भए पश्चात् संविधानको धारा ५७ र अनुसूची ६ ले दिएको अधिकारको प्रयोग गरी विभिन्न मन्त्रालयहरू र विषयगत कार्यालयहरू स्थापना गरी कार्यसम्पादन गर्दै जाने क्रममा बागमती प्रदेश सरकारले आफ्नो प्रदेश अन्तर्गत जिल्लामा पूर्वाधार विकास कार्यालयको स्थापना गर्ने निर्णय भए बमोजिम यस पूर्वाधार विकास कार्यालय, रामेछाप स्थापना भएको हो। यस कार्यालयले मुख्य गरी प्रदेश सरकारको रामेछाप जिल्लामा पर्ने सडक, सडक पुल तथा झोलुङ्गे पुल निर्माण, मर्मत सम्भार, संरक्षण एवं विस्तार सम्बन्धी कार्य गर्दछ।यस कार्यालयको कार्य क्षेत्र रामेछाप जिल्ला रहेको छ।