मन्थली, रामेछाप
मन्थली, रामेछाप
नेपालको संविधान जारी भए पछि संविधानले परिकल्पना गरेको संघियताको मर्म अनुरुप बागमती प्रदेश स्थापना भए पश्चात नेपालको संविधानको धारा ५७ र अनुसुची ६ ले दिएको अधिकारको प्रयोग गरी विभिन्न मन्त्रालयहरु र प्रदेश स्तरीय पूर्वाधार सम्बन्धि नीति निर्माण, योजना तर्जुमा, भौतिक पूर्वाधारको विकास निर्माण र अनुगमन गर्ने उद्देश्यका साथ भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यस पूर्वाधार विकास कार्यालय रामेछाप स्थापना भएको हो । यस कार्यालयले मुख्य गरी प्रदेश सरकार अन्तर्गतका सडक, मोटरेवल तथा झोलुङ्गे पुल सम्बन्धी कार्य गर्दछ । कार्यालयको स्थापनाका क्रममा दुईवटा जिल्ला (रामेछाप र सिन्धुली) कार्यक्षेत्र हुने गरि यसै कार्यालय मातहत रहेकोमा हाल यस कार्यालयको कार्यक्षेत्र भित्र रामेछाप जिल्ला मात्र रहेको छ ।